सैनामैनामा निरन्तर लालपुर्जा बितरण ।

सैनामैनामा निरन्तर लालपुर्जा बितरण 

लामो समयदेखी स्वामित्व पाउन नसकेको गाउँ ब्लकमा रहेको जग्गाधनी प्रमाणपत्र ( लालपुर्जा ) पाउँदा सैनामैनाका स्थानिय बाँसीमा खुसीयाली छाएको छ । आफ्नो जग्गा भएर पनि बैंकमा धितो राख्न नपाएको गुनासो गदै आएका गाउँ ब्लकमा बस्दै आएका स्थानियहरुले खुशिको सास फेरेका छन् । अब बैँकमा धितो राखेर पनि ऋण निकाल्न पाइने भइयो । नगरपालिकालाई धन्यवाद दिन्छु । ’ साविक पर्रोहा वडा नं. १ को कित्ता नं. ५५ रहेका रामकृपाल थारुले भने रुपन्देहीको सैनामैना नगरपालिकाले गाउँ ब्लकमा रहेका जग्गाहरुको लालपुर्जा वितरण गर्ने कार्यलाई निरन्तरता दिएको छ । नगरपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा आइतबार १ सय ८८ जनालाई लालपुर्जा वितरण गरेको हो । सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्की, उपप्रमुख बिना राना, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, रुपन्देहीका नापी विभाग प्रमुख अजित कुंवरले संयुक्त रुपमा पुर्जा वितरण गरेका थिए । यहाँका साविक पर्रोहा र सालझण्डी गाविस अन्तर्गत रहेका गाउँ ब्लकका झारबैरा, रन्यौरा, उछडीहवा, लेडुवा, पानवारी, दक्षिण दोगराका बसोबास गदै आएका १ सय ८८ जनालाई पुर्जा वितरण गरिएको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिए । उनले गतवर्ष पनि नगरपालिकाले गाउँब्लक जग्गाहरुको करिब ५ सय जग्गाधनी प्रमाण पत्र वितरण गरेको उल्लेख गर्दै साविक दुधराक्ष गाविसका वडाहरु अझै पनि बाँकी रहेको बताए । उनले भने – ‘यो वर्ष दुधराक्षका गाउँ ब्लकको नापजाँच र श्रेस्ता तयार गरिनेछ र आउने असार मसान्त भित्र नै पुर्जा वितरण कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु । ’ कोभिड १९ को संक्रमणका क्रममा पनि नगरपालिकाले नापी विभाग सँग समन्वय गरी पुर्जा वितरण कार्यलाई निरन्तरता दिएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले उल्लेख गरे । जिल्ला नापी कार्यलयका प्रमुख अजित कुंवरले रुपन्देहीमा विगत लामो समयदेखी बाकी रहेका करिब १४ सय ब्लक नापीहरु मध्ये यस बर्षमा करिब ८० गाउँब्लकहरु वितरण गरिएको जानकारी दिए । प्रमुख कुंवरले लालपुर्जा वितरण कार्यमा कोही व्यक्तिले आफ्नो पुर्जा छुटेको वा नपाएको खण्डमा ६० दिन भित्र नापी कार्यलय रुपन्देहीको मधौलियामा सम्पर्क गर्न समेत आग्रह गरे । पहिले नापी गर्दा गाउँवस्तीको घर जग्गा नापी गर्न छुट भएको जग्गालाई गाउँब्लक जग्गा भन्ने गरिएको छ । घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकाहरुलाई नगरपालिकाले नेपाल सरकार भूमि सुधार तथा व्यवस्था मन्त्रालय नापी विभाग रुपन्देहीको सहकार्यमा जग्गा धनी प्रमाण पत्र – लालपुर्जा वितरण गरेको हो ।

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

जनचासो टेलिभिजन अन्तरबार्ता सन्दर्भ १० औ जिल्ला अधिबेशन।

जनचासो टेलिभिजन अन्तरबार्ता सन्दर्भ १० औ जिल्ला अधिबेशन।

नेकपा एमाले सैनामैना चित्र कार्कीको नगर बिकाश योजना सुुर्य चिन्हमा मत .

  नेकपा एमाले तर्फबाट सैनामैना नगरपालिकाका मेयर पदका उम्मेदवार श्री चित्र कार्की लाइ अत्नयाधिक मतले विजयी गराउ । सुशासन समृद्धि र समाजवादकाे अाधार सैनामैनामा नेकपा एमालेकाे सरकार । 

सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीको कार्ययोजना र दृष्टिकोणसहितको विशेष कुराकानी

सैनामैना नगरपालिकाको समृद्धि तथा विकासका लागि नगरपालिका प्रमुख चित्रबहादुर कार्कीको कार्ययोजना र दृष्टिकोणसहितको विशेष कुराकानी । २०७७ पुस १२ गते । एभिन्यूज खबरमा हेर्ने प्रयास गर्नुहोला ।  

बिकासमा सैनामैना भाग २ NTV KOHALPUR

सैनामैना नगरपालिकाले गरेकाे बिकासका गतिविधी , NTV Kohalpur ले बनाकाे याे रिपाेट ।

साताैँ नगरसभा ।

साताैँ नगरसभा ।

बालबालीका संग मेयर ।

रुपन्देहीको सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले बालबालिकाले उठाएका हरेक प्रश्नले उब्जाएका समस्यालाई उत्तरमा समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । र त बालबालिकाले आफ्ना समस्या समाधान हुनेमा मेयरप्रति शत प्रतिशन विश्वास व्यक्त गरे ।