चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ ।
२०४६ साल पुस १३ गते नेकपा एमालेको सदस्यता प्राप्त गरेका कार्की २०४९ सालमा पर्रोहा गाउँकमिटी उपसचिव, २०५४ मा गाउँकमिटी सचिव हुँदै ईलाका कमिटी उपसचिव, सचिव, क्षेत्र नं. ४ को सचिवालय सदस्य र क्षेत्रीय अध्यक्ष बन्नुभएको थियो । त्यसबेला उहाँले गरेका सांगठनिक कार्यहरुलाई पार्टीले पुरस्कृत समेत गरेको थियो ।
२०७१ सालमा क्षेत्र नं.४ को ईन्चार्ज हुनुभएका कार्की २०७३ सालमा रूपन्देहीको जिल्ला कमिटी सचिवालय सदस्य बन्नुभएको थियो । २०२१ सालमा बुवा रत्नबहादुर कार्की र आमा रत्नकुमारी कार्कीको सन्तानका रुपमा म्याग्दीको बेनीमा जन्मिनु भएका कार्की हाल सैनामैना वडा नं. ३ मुर्गियाका बासिन्दा हुनुहुन्छ ।
पर्रोहा माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरेका कार्कीले बुटवल बहुमुखी क्याम्पसबाट कानुनमा स्नातक तहसम्मको अध्ययन गर्नुभएको थियो ।
पहिलो कार्यकालमा समृद्धिका आधार तयार अब हुनेछन् साकार
जनताको बलिदानीपूर्ण संघर्षबाट २०७२ सालको संविधान जारी भएपछिको राज्य सञ्चालनको प्रणालीमा मूलभूत परिवर्तन सहितको पहिलो निर्वाचित स्थानीय सरकारका पहिलो जनप्रतिनिधिका रुपमा पहिलो कार्यकाल पूरा भएको छ ।
यो पहिलो कार्यकाल सबै जनप्रतिनिधिका लागि अनुभव हासिल गर्ने, योजना तयार पार्ने, आन्तरिक स्रोतको खोजी र विस्तार गर्ने, समृद्धिका आधार तयार पार्ने काममा केन्द्रित रह्यो । यसअवधिमा सैनामैनामा समृद्धिको जग बसाल्ने काम भएको छ, व्यवस्थित र सुन्दर सहरका रुपमा गुरुयोजनाका साथ काम अगाडि बढाएको अवस्था छ ।
पहिलो कार्यकालको यो अवधिमा सैनामैनाको समृद्धिको जग बसाल्ने, आधार खडा गर्ने काम भएको छ । स्थानीय सरकारका लागि आवश्यक कानूनी तथा संरचनागत संरचनाहरु निर्माण गर्ने, कानुनी तथा प्रशासनिक संरचना र सेवाप्रवाह क्षेत्रलाई पुनःसंरचना तथा विस्तार गर्ने, नागरिक अधिकार तथा विकासप्रतिको तीव्र आकंक्षा परिपूर्ति गर्नका लागि आवश्यक पर्ने महत्वपूर्ण आधारहरु तयार पार्ने काम हामीले यहीँ अवधिका गरेका छौं ।
विश्वव्यापी कोरोना भाइरसहको महामारीको सामना गर्ने र महामारीको रोकथाम, उपचार र व्यवस्थापनका साथै पूर्वतयारीका काम पनि यहीँ अवधिमा भएका छन् । कोरोनाका भयानक लहरहरुले विकास निर्माणका कामहरुलाई प्रभावित पारेको कुरा विदित नै छ ।
महामारीबाट सिर्जित जोखिम तथा क्षति न्यूनीकरण गर्ने काममा सैनामैनाले उल्लेख्य काम गरेको कुरा विदित नै छ । महामारीको समयमा यहाँका निजी क्षेत्र, नागरिक अगुवा, समाजसेवीहरुको सहकार्य उल्लेख्य हुनआयो र अस्पतालका लागि आवश्यक उपकरणसमेत सहकार्यमा उपलव्ध भएका छन् जुन सार्वजनिक–निजी साझेदारीको नमुना प्रयास पनि हो ।
सैनामैनामै फोहोरमैलाको तत्कालीन व्यवस्थापनका लागि अन्तरपालिकास्तरको प्रशोधन केन्द्र निर्माण गर्ने कार्यलाई अगाडि बढाइएको छ । वातावरणीय र आवश्यक प्राविधिक अध्ययन पूरा भएको छ । अब भोगाधिकारको प्राप्ति संगै प्रशोधन केन्द्र निर्माणको पहल सार्थक हुनेछ । अबको नयाँ अवधिमा यो कामले पूर्णता पाउनेछ ।
त्यस्तै गरेर विद्युतको शवस्टेशन निर्माण गरेर यहाँको विद्युतीय समस्या समाधानको दीर्घकालीन पहल गरिएको छ । यस अवधिमा हामीले निर्वाचनका बेला व्यक्त गरेका प्रतिवद्धता कार्यान्वयन गर्न दीर्घकालीन, आवधिक तथा तत्कालीन योजना कार्यान्वयन गर्ने अर्जुनदृष्टिका साथ हामी अगाडि बढ्यौ ।
यसका साथै अन्य राजनीतिक दलहरुको निर्वाचन घोषणापत्र पत्रलाई समेत समेटेर भूउपयोग योजना, आवधिक तथा दीर्घकालीन विकास गुरुयोजना निर्माण गरी त्यसको कार्यान्वयन गर्ने कामलाई प्रधान विषयको रुपमा अगाडि बढायौं ।
संस्थागत तथा संरचनागत प्रणालीमा उल्लेख्य सुधार भएको छ । नगरको आर्थिक, सामाजिक, मानवीय र वित्तीय क्षमतामा उल्लेख्य सुधार भएको कुरा तथ्य र तथ्यांकले नै बोल्छ । स्थानीय तहको स्वमूल्यांकन प्राकृत्तिक स्रोत तथा वित्त आयोगले गरेको मल्यांकनमा हामी अब्बल नगरका रुपमा स्थापित भएका छौं । आन्तरिक स्रोतमा बृद्धि भएको छ ।
पहिलो कार्यकालमा प्राप्त उपलव्धीहरुको रक्षा र दिगोपन, उठान गरिएका, थालिएका कामको पूर्णता हुँदा समृद्ध र व्यवस्थित सैनामैनाको हामीले बसालेको जग साकार बन्नेछ । हामीले तयार पारेका समृद्धिका आधार हामीले नै साकार पार्ने छौं । हामीले पहिलो कार्यकालमा प्राप्त गरेको अनुभव र थालनीलाई अबको कार्याकालमा चुनिएर गएपछि अझ प्रभावकारी रुपमा साकार पार्ने छौ ।
नगरप्रमुखको पहिलो पाँचवर्षे कार्यकालमा घोषणापत्रमा समेटिएअनुसारका अधिकांश काम पुरा गर्नुभएका कार्कीले नगरपालिकाको मात्र होईन प्रदेश र संघीय सरकारका दर्जनौं योजना आफ्नो नगरपालिकामा लैजान सफल भएका थिए । सैनामैनामा प्रादेशिकस्तरको बसपार्क, रंगशाला, बुटवलदेखि कपिलवस्तुको बाणगंगा नगरपालिकासम्मका पालिकाको फोहोर व्यवस्थापनको लागि फोहोर प्रशोधन केन्द्र, सैनामैनाका महत्वपूर्ण बजारमा लाग्दै आएका साप्ताहिक हाटबजारलाई पक्की र स्थायी संरचना निर्माणलगायतका आयोजना नगर प्रमुखका रुपमा कार्कीको नेतृत्वमा भएका महत्वपूर्ण आयोजना मानिन्छन् । नगर गौरव, प्रदेश गौरव र राष्ट्रिय गौरवका आयोजनाहरुले सफल कार्यान्वयन गर्नेतर्फ सैनामैनाका जनप्रतिनिधि अब्बल सावित भएका छन् ।
सैनामैनामा मुलुककै लामो र व्यवस्थित चक्रपथ निर्माण भएको छ । ५७ किलोमिटर लामो चक्रपथ निर्माण, विस्तार र स्तरोन्नति भइरहेको छ । यसैगरी नगरपालिकामा सञ्चालन गरिएका आयोजनाका कारण विस्थापित बनेका अति विपन्न १० घरपरिवारलाई निःशुल्क आवासको व्यवस्था गरिएको छ ।
यसका अतिरिक्त यी हुन सैनामैनामा एमालले गरेका १०१ काम
१.भुउपयोग योजना निर्माण
२.सडक यातयात गुरुयोजना
३.सडक सम्पत्ती सुरक्षा योजना
४.सैनामैना–४ मा अन्तर्राष्ट्रिय फुलबल रंगशाला निर्माण
५.अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सुरु
६.लामीरह बहुउद्देश्यीय जलाशय बाँध निर्माण प्रकियामा
७.सामुदायिक वनहरुमा वहुपोखरी निर्माण र जलचरको संरक्षण
८.मुलककै लामो र फराकिलो ५७ किलोमिटरको सैनामैना चक्रपथ
९.आन्तरिक वाइपासको महत्वपूर्ण मेजर सडकको विस्तार र स्तरोन्नति
१०.उद्योग,पर्यटन र पूर्वाधार क्षेत्रको विकास र विस्तार
११.सैंनामैना सरकारले बनायो नगरका ८४ वटा ऐन कानुन
१२.वडा नं ३,६,७,८, र ११ का आधुनिक भवन निर्माण र सेवा प्रवाह
१३.नगरको आधुनिक प्रशासनिक भवन निर्माण र सेवा प्रवाह
१४.सयौं किलोमिटर सडक स्तरोन्नति र कालोपत्रे सहित विस्तार
१५.साना ठूला गरी ४३ वटा पुल र दर्जनौं कल्भर्ट निर्माण
१६.सहकार्यमा फोहर प्रशोधन केन्द्र निर्माण
१७.पूर्व–पश्चीम राजमार्गका खण्डमा सुरक्षार्थ सिसी क्यामेरा
१८.सैनामैनामै प्रदेशस्तरीय आधुनिक रिफ्रेश सेन्टरको निर्माण
१९.सामुदायीक विद्यालयका नयाँ भवन निर्माण र कक्षाकोठा थप
२०.प्रविधिमा आधारित अपनत्वसहितको गुणस्तरीय शिक्षा कार्यान्वयन
२१.सामुदायिक विद्यालयका शिक्षकलाई कम्पुटर र ल्यापटप प्रदान
२२.एक शिक्षक एक ल्यापटप कार्यक्रमले शैक्षिक गुणस्तर विकासमा टेवा
२३ं सामुदायिक विद्यालयका लागि बसको ब्यबस्था
२४ं.युवालाई सिपमुलक तालिम र प्रशिक्षण
२५.ठाउँठाउँमा कभर्डहल निर्माण
२६.एक वडा एक खेल मैदान निर्माण जारी
२७.स्वास्थ्य संस्थाको स्तरोन्ती र विशेषज्ञ सेवा बिस्तार
२८.१५वेड र भविष्यमा १००वेड बन्न सक्नेगरी सैनामैना अस्पताल निर्माण जारी
२९.दीर्घरोगीलाई निःशुल्क औषधी र स्वास्थ्य सेवा
३०.ज्येष्ठ नागरिकको घरदैलोमा निःशुल्क घुम्ती उपचार सेवा
३१.कृषिमा व्यवसायिकरण, यान्त्रीकरण र बजारिकरणमा टेवा
३२.सैनामैनामा तीन वटा ब्यवस्थित हाटबजार निर्माण
३३.सैनामैनाको आफ्नै कोल्ड स्टोर निर्माण
३४.किसानलाई प्रोत्साहन र आवश्यक उपकरण प्रदान
३५.सिचाईको प्रबन्ध र मल बीऊ वितरण
३६.जग्गा भाडामा लिएर खेती गर्नेलाई अनुदान र हौसला
३७.महामारीको रोकथाम ब्यवस्थापन उपचार र पूर्वतयारी
३८.कृषि र भूमि ब्यबस्थापनमा नमुना कार्यक्रम
३९.कृषि पकेट क्षेत्र निर्धारण र उत्पादकत्व बृदि कार्यक्रम
४०.सार्वजनिक जग्गा संरक्षण र कृषी पार्क निर्माण प्रक्रिया सुरु
४१.पशुबीमा र बाली बीमा कार्यक्रम
४२.गाउँब्लक जग्गामा लालपुर्जा वितरण र बाँकी जग्गाको नापजाँच
४३.१५२८०जना भूमिहीन र अब्यवस्थित बस्तीको फारम संकलन र प्रविष्ट
४४.सैनामैना सांस्कृतिक संग्रहालय निर्माण प्रक्रिया सुरु
४५.सैनामैना ज्येष्ठ नागरिक संरक्षण ग्राम निर्माण सुरु
४६.सैनामैना अपांगता पुनस्र्थापना केन्द्र निर्माण सुरु
४७.नदि नियन्त्रण व्यवस्थापन र सिंचाईको विस्तार
४८.सैनामैना ११ नमुना जनता आवस भवन निर्माण हस्तान्तरण
४९.सैनामैना ६ र ८ मा एकीकृत जग्गा विकास कार्यक्रम
५०.प्रत्येक वडामा खानेपानी र सरसफाई,एक घर एक धारा कार्यक्रम
५१ं थारु सांस्कृतिक संग्रहालय निर्माण सुरु
५२.बोलबम क्षेत्र विकाश परियोजना मार्फत संरक्षण सम्बर्दन र विस्तार
५३.प्रदेश स्तरीय फोहर प्रशोधन केन्द्र निर्माण प्रक्रिया सुरु
५४.सैनामैना उज्यालो सहर निर्माण सुरु
५५.सैनामैना ११ मा विद्युत सवस्टेशन निर्माण सुरु
५६.सयौं घर परिवारलाई निःशुल्क विद्युत मिटर प्रदान
५७.सामाजिक सुरक्षा र उपभोक्ताको हीत संरक्षण कार्यक्रम
५८.पानीका स्रोतको संरक्षण र हरियाली प्रबद्र्धन कार्यक्रम
५९.मानव अधिकार, स्वतन्त्र प्रेस र अभिव्यक्ती स्वतन्त्रताको सम्मान
६०.विपन्न र जेहेन्दारलाई छात्रावृत्ति र प्रोत्साहन
६१.सामाजिक सुरक्षा भत्ताको सहज र सरल वितरण
६२.खेल पूर्वाधार र खेलकुद गतिविधि विस्तार
६३.आंँखा उपचार केन्द्र सञ्चालन
६४.सर्पदंश अस्पताल निर्माण र सञ्चालन
६५.फुटपाथ र नालीसहीतका आन्तरिक सडक निर्माण जारी
६६.सालझन्डीमा बसपार्क निर्माण
६७.ठाउँ ठाउँमा खुल्ला व्यामशाला निर्माण
६८.कृषिको उत्पादकत्व वृद्धि र सामूहिक खेती कार्यक्रम
६९.मलमला क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्दै धार्मिक पर्यटनको केन्द्र
७०.सैनामैनाका गेम चेन्जर आयोजनाका डीपीआर निर्माण
७१.सैनामैनाका सीमसार क्षेत्रहरुको संरक्षण र विस्तार
७२.महको ब्रान्डिङ र माहुरीपालकलाई प्रोत्साहन
७३.बहुतह कृषि कार्यक्रमको विस्तार
७४.बिदेशबाट फर्किएकालाई रोजगारमुलक सीप र अनुदान
७५.प्राङ्गारिक कृषि खेतिका लागि अनुदान
७६.सैनामैना स्मार्ट कृषि कार्यक्रम
७७.पालिकामै पहिलोपटक एन्टीरेबीज निशुल्क भ्याक्सिन कार्यक्रम
७८.सैनामैना आयुर्वेद ओषद्यालय निर्माण र सञ्चालन
७९.वडा नं.१० मा आधारभुत स्वास्थ्य चौकी सञ्चालन
८०.शिक्षामा प्रविधि र सीप हस्तान्तरण
८१.आईसीटीको प्रयोग कक्षा कोठासम्म
८२.सैनामैना ट्रमा सेन्टर निर्माण प्रक्रिया सुरु
८३.पार्कहरुको संरक्षण र विस्तार
८४.सैनामैना सांस्कृतिक सहर निर्माण प्रक्रिया सुरु
८५.सैनामैना औद्योगिक ग्राम निर्माण सुरु
८६.बोलबम पर्यावरणीय पार्क निर्माण र विस्तार
८७.बुटवल–सैनामैनाको साझेदारीमा कृषि उपज संकलन केन्द्र निर्माण सुरु
८८.युवालाई निशुल्क प्राविधिक तालिम र स्वरोजगार कार्यक्रम
८९.शान्ति, शुशासन न्याय र आधारभूत अधिकार
९०.योजना निर्माण पुर्वाधार तथा सहरि विकास गुरुयोजना निर्माण
९१.कृषि भूमिको संरक्षण र व्यवस्थापन
९२.मौलिक संस्कृतिको संरक्षण, सम्बद्र्धन र सांस्कृतिक पर्यटनको प्रवद्र्धन
९३.निर्यातमूलक उद्योग स्थापनाका लागि सहुलियतको प्रबन्ध
९४.महिलाविरुद्ध हुने हिंसामा शून्य सहनशीलता
९५.व्यवस्थित इजलासको निर्माण र न्याय निरुपण
९६.महिला शसक्तिकरण कार्यक्रम र आर्थिक उपार्जनमा टेवा
९७.सामुदायिक वनको संरक्षण, सम्बद्र्धन र हरियाली प्रबद्र्धन
९८.वनमा जडिबुटी खेती र वन विहार सञ्चालनका लागि अध्ययन्
९९.वाल उद्यान पार्कको निर्माण र विस्तार
१००.कृषि,पर्यटन,उद्योग र पूर्वाधारःसुसंस्कृत समृद्ध नगर सैनामैनाको आधार तयार
१०१.समृद्ध सैनामैना खुसी सैनामैनाबासीको लक्ष्य साकार पार्ने कार्यक्रम तयार
थप सम्बन्धीत समाचार
वर्तमान गतिविधिहरू
चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ । २०४६ स�