बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले बिपी स्मृतिको अवसरमा चुरे क्षेत्रमा १० हजार चिउरीको बृक्षारोपण गरेको छ । नगरापलिकाले बिपी र पुष्पलालको स्मृति दिवसको अवसरमा संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गरेको हो ।
बृक्षरोपण कार्यक्रमको उद्घाटन् गर्दै सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले महान नेता बिपी कोइराला सून्दरलीजलमा जेल बस्दादेखि बृक्षारोपण कार्यक्रमको शुरुवात गरेको बताए । उनले पञ्यातकालमा बृक्षारोपण गर्दा सरकारले विभिन्न बहानामा दुःख दिने तर अहिले स्थानीय सरकार नै बृक्षारोपणमा सक्रृय हुँदा खुसी लागेको बताए ।
विपि र पुष्पलालको स्मृति दिवसको अवसरमा संयुक्त रुपमा मनाउने पहिलो नगरपालिका सैनामैना भएको शाहले दाबी समेत गरे । नगरपालिकाले आज १० हजार बिरुवा रोपेको छ भने भोलि पुष्पलालको सम्झना १० गरी २० हजार बृक्षारोपण गर्ने नगरप्रमुख चित्रबहादुर केसीले बताए । प्रदेश नं. ५ का सांसद भोजप्रसाद श्रेष्ठले बिपी र पुष्पलालको योगदानले नै अहिलेको ब्यवस्था नेपालमा आएको बताए ।
थप सम्बन्धीत समाचार
वर्तमान गतिविधिहरू
चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ । २०४६ स�