यस्तो बन्दैछ सैनामैनामा स्मार्ट रिफ्रेस सेन्टर

सैनमैना-रुपन्देहीको सैनामैना नगरपालिकामा लुम्बिनी प्रदेशकै पहिलो स्मार्ट रिफ्रेस सेन्टर बन्ने भएको छ। प्रदेशका पाँच वटा जिल्लामा निर्माण गर्न लागेको रिफ्रेस सेन्टर योजना अन्तर्गत रुपन्देहीको सैनामैना वडा नम्बर ९ स्थित पिपलडाँडामा प्रदेशकै पहिलो स्मार्ट रिफ्रेस सेन्टर बन्न लागेको हो।

Rifresh center.jpg

प्रदेश सरकारको ३ करोड ५५ लाख ७९ हजार ५ सय १० रुपैँयाको लगानीमा निर्माण हुन लागेको रिफ्रेस सेन्टरको हालै मुख्यमन्त्री शंकर पोखरेलले शिलान्यास गरेका थिए।

लामो दुरीमा चल्ने सवारी साधनका चालकहरुमा थकान हुने हुँदा त्यो थकानलाई मेट्नका लागि यो अत्याधुनिक रिफ्रेस सेन्टर(आराम गृह) निर्माण गर्न लागिएको हो। सेन्टरमा चालकहरुको लागि आराम गर्ने, सुत्ने, चिया नास्ताको व्यवस्था सहित यात्रुहरुका लागि पनि निःशुल्क सार्वजनिक शौचालयको व्यवस्थापन हुनेछ।   

रिफ्रेस सेन्टर भित्र स्मार्ट रेस्ट रुम, सावर रुम, पार्किङ्ग, सिटिङ्ग एरिया, रोड एरिया, ड्राइभर रुम, कार वासिङ स्टेसन, चार्जिङ स्टेशन, वाउन्ड्री वाल, वाटर ट्याङ्क लगायत रहने छन्।

दुई वर्ष भित्र सम्पन्न गर्ने उक्त रिफ्रेश सेन्टर दुई चरणमा सम्पन्न गरिनेछ । रिफ्रेस सेन्टर सञ्चालन पछि चालक तथा यात्रुहरुले बाहिर आराम गर्नु नपर्ने सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताए। तराइको ५ वटा जिल्लामा यस्तै रिफ्रेस सेन्टर बनाउने प्रदेश सरकारको योजना छ। यसपछि अब नवलपरासी पश्चिमको वर्दघाट, कपिलवस्तुको चन्द्रौटा, दाङको लमही र बर्दियाको बासँगढीमा यहि मोडेल अनुसार नै राजमार्गमा रिफ्रेस सेन्टर बन्नेछन्। यस वर्ष भने रुपन्देहीको सैनामैना र कपिलवस्तुको चन्द्रौटामा ठेक्का सम्झौता भइसकेको छ। अन्य तीन ठाउँको भने ठेक्का प्रक्रिया सुरु हुँदैछ। 

कार्यक्रमका केही झलकहरू ।

 

Link : Lumbinitimes : Click Here to read news from lumbinit times

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

सैनामैनामा समृद्धिको जग बसालेका छौं अब साकार पार्छौं .

चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ । २०४६ स�

दुईभन्दा बढी पालिकाको एउटै ल्याण्डफिल साइट ।

२९ फागुन, बुटवल । स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको बेला तत्कालीन बुटवल नगरपालिकाले फोहोर प्रशोधन केन्द्र बनाउन एशियाली विकास बैंक (एडीबी)सँग २८ करोड रुपैयाँको सम्झौता गरेको थियो । बुट�

“घरै अगाडी चक्रपथ बनेपछी दङग छन टामलाल ” ।

बुटवल।  टामलाल घिमिरे सैनामैना ७ का पुराना बासिन्दा हुन । ४० सालमा अर्घाखाचीको ढाडा पटौटीबाट हालको सैनामैना नगरपालीकाको देवापारमा बसाइ सरेका पाका उमेरका घिमिरे खेतको आली र जड्गलको बाटो