सैनामैनामा साढे तीन करोड लागतमा ‘स्मार्ट रिफ्रेस सेन्टर’ बन्दै .

१२ मंसिर, बुटवल । लुम्बिनी प्रदेश सरकारको लगानीमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा स्मार्ट रिफ्रेस सेन्टर बन्ने भएको छ । सैनामैना–९ पिपलडाँडा (सालझण्डी नजिक) करिब एक बिघा क्षेत्रफलमा साढे तीन करोड लगानीमा स्मार्ट रिफ्रेस सेन्टर बन्न लागेको हो ।

लामो दुरीका सवारी चालक र यात्रुलाई विश्राम र आरामका लागि प्रदेशका पाँचवटा जिल्लामा स्मार्ट रिफ्रेस सेन्टर बनाउने कार्यक्रम अन्तर्गत पहिलो चरणमा रुपन्देही र कपिलवस्तुको चन्द्रौटामा रिफ्रेस सेन्टर बन्न लागेका हुन् ।

रिफ्रेस सेन्टर दुई वर्ष भित्र सम्पन्न हुने गरी ३ करोड ५५ लाख ७१ हजारमा ठेक्का सम्झौता भएको छ । स्मार्ट रिफ्रेस सेन्टरमा स्मार्ट रेस्ट रुम, शौचालय, सावर रुम, पार्क, पार्किङ्ग स्थल, सिटिङ्ग एरिया, पाथ वे, रोड एरिया, कार वासिङ्ग, चार्जिङ स्टेशन र ड्राइभर रुम लगायतका संरचना बन्ने सैनामैना नगरपालिकाका इन्जिनियर सुरज न्यौपानेले बताए ।

रिफ्रेस सेन्टर नहुँदा चालक निदाउँदा दुर्घटना हुनुका साथै यात्रुले जथाभावी दिशा पिशाब गर्ने भएका कारण राजमार्ग वरपरका क्षेत्र दुर्गन्धित बनेका थिए । रिफ्रेस सेन्टर सञ्चालनमा आएपछि राजमार्गमा हुने दुर्घटना समेत न्यूनिकरण हुने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक डम्बर विकले बताए । निर्माणाधीन सालझण्डी–ढोरपाटन सडकलाई समेत लक्षित गरी यो रिफ्रेस सेन्टर बनाउन लागिएको विकले बताए ।

रिफ्रेस सेन्टरको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार शिलान्यास गरेका छन् ।

 

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

सैनामैनामा समृद्धिको जग बसालेका छौं अब साकार पार्छौं .

चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ । २०४६ स�

दुईभन्दा बढी पालिकाको एउटै ल्याण्डफिल साइट ।

२९ फागुन, बुटवल । स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको बेला तत्कालीन बुटवल नगरपालिकाले फोहोर प्रशोधन केन्द्र बनाउन एशियाली विकास बैंक (एडीबी)सँग २८ करोड रुपैयाँको सम्झौता गरेको थियो । बुट�

“घरै अगाडी चक्रपथ बनेपछी दङग छन टामलाल ” ।

बुटवल।  टामलाल घिमिरे सैनामैना ७ का पुराना बासिन्दा हुन । ४० सालमा अर्घाखाचीको ढाडा पटौटीबाट हालको सैनामैना नगरपालीकाको देवापारमा बसाइ सरेका पाका उमेरका घिमिरे खेतको आली र जड्गलको बाटो