बुटवल । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले वि.पी. कोइरालाले लिएको मेलमिलापको नीतिको सान्दर्भिकता अहिले पनि रहेको बताएका छन् । उनको राजनीतिक जीवनबाट शिक्षा लिँदै व्यवहारिक रुपमा प्रयोग गर्न सकेको अवस्थामा मात्रै वि.पी.प्रति सच्चा श्रद्धाञ्जली र सम्मान हुने उल्लेख गरे । ३९ औं वि.पी. स्मृती दिवसको अवसरमा रुपन्देहीको सैनामैना नगरपालिकाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
नगरपालिकाले वि.पी.को स्मृतिमा आयोजना गरेको वृक्षारोपण कार्यक्रमले सकारत्मक सन्देश जानुका साथै सच्चा स्मृति रहने उल्लेख गरे । ईतिहासमा योगदान गरेका जुनसुकै दलका नेता तथा अगुवाहरुलाई सम्मान गर्नु पर्ने उल्लेख गर्दै उनले सैनामैनाले वि.पी.को स्मृतिसहित वृक्षारोपणको आयोजना गरेर लोकतन्त्रको सुन्दर अभ्यास प्रस्तुत गरेको बताए । रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य बनेका शाहले सैनामैना नगरले सबै राजनैतिक दललाई समान हैसियतमा सम्मान गरेर उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा व्यक्त गरे ।

सैनामैना-१० मा अवस्थित कञ्चन सामुदायिक वनको खाली चौरमा हजार वृक्षारोपण गरिएको हो । सो अवसरमा बोल्दै सैनामैना नगर प्रमुख चित्रबहादुर कार्कीले ईतिहास पुरुषहरुको नाममा हरेक वर्ष वृक्षारोपण लगायतका सिर्जनात्मक कार्यक्रम हुँदै आएको उल्लेख गरे । नगरपालिकाले हरेक वर्षको साउन ६ र ७ गते नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक वि.पी. कोइराला र नेपालमा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मरणमा वृक्षारोपण गर्दै आएको छ ।
लगाइएका विरुवाहरुलाई तारबार गरी हुर्काउने कुरालाई प्राथमिकतामा राखिएको नगर प्रमुख कार्कीले बताए । हाल वृक्षारोपण गरिएको ठाउँलाई वि.पी. पार्कको रुपमा विकास गर्नेगरी लगाइएका विरुवाहरुलाई सतप्रतिश हुर्काउनका लागि स्थानीय कञ्चन सामुदायिक वनले ध्यान दिन आग्रह गरे । भोलि विहिबार पुष्पलालको स्मृतिमा वृक्षारोपण गर्ने कार्यक्रम रहेको छ ।

नगरपालिकाले विगत वर्षहरुमा समेत वि.पी र पुष्पलालको स्मरणमा वृक्षारोपण गरी हुर्काउने कुरालाई प्राथमिकतामा राखेको बताउँदे उनले अहिले ती ठाउँहरुमा हरियाली छाएको उल्लेख गरे । गत वर्ष सैनामैना-३ पर्रोहा सामुदायिक वन र वडा नम्बर ९ को इङ्गोरियामा गरी २० हजार वृक्षारोपण गरिएको थियो । लगाइएका विरुवा संरक्षणका लागि नगरपालिकाले ६ जना संरक्षणकर्ता समेत व्यवस्था गरेको छ ।

थप सम्बन्धीत समाचार
वर्तमान गतिविधिहरू
चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ । २०४६ स�