सैनामैनाका ३७ विगाह बढी जग्गाको पूर्जा वितरणका लागि नापी

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले दोस्रो चरण अन्तरगत गाउँ ब्लकका जग्गाधनिलाई लालपूर्जा उपलब्ध गराउन नापी कार्य सुरु गरेको छ । २ महिना भित्र दोस्रो चरणमा परेका नागरिकहरुलाई पूर्जा उपलब्ध गराइने नगर प्रमुख चित्रबहादुर कार्कीले बताए ।

पुर्व-पश्चिम राजमार्गदेखि उत्तरमा रहेका वडा नम्बर ५, ६, ८ र ९ गाउँ ब्लक जग्गाको लगत संकलन तथा नापचाँजको काम सम्पन्न गरी पुर्जा वितरण गरिने भएको छ । साबिक दुधराक्षको २७ वटा ब्लकमा रहेको ३७ बिगाह १२ कठ्ठा ६ धुर जग्गाको पुर्जा वितरणको लागि आवश्यक नापी गर्न सुरु गरिएको हो । निर्धारित समयमा नै जग्गा नापी पूर्जा उपलब्ध गराइने नापी कार्यालय रुपन्देहीका प्रमुख अजित कुंवरले बताए ।

यसअघि साबिक पर्राेहा र सालझण्डीमा रहेको करिब ६०० घर परिवारलाई पूर्जा उपलब्ध गराइएको थियो । राजमार्ग उत्तरमा रहेका जग्गाको पूर्जा वितरण सकिएपछि तेस्रो चरणमा राजमार्गदेखि दक्षिणमा रहेका जग्गाको नापी गरी पूर्जा वितरण गरिने नगरपालिकाले जनाएको छ । निर्धारित समयमै पूर्जा वितरणको काम सक्नका लागि सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहेको सैनामैना प्रमुख केसीले बताए ।

थप सम्बन्धीत समाचार

वर्तमान गतिविधिहरू

सैनामैनामा समृद्धिको जग बसालेका छौं अब साकार पार्छौं .

चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ । २०४६ स�

दुईभन्दा बढी पालिकाको एउटै ल्याण्डफिल साइट ।

२९ फागुन, बुटवल । स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको बेला तत्कालीन बुटवल नगरपालिकाले फोहोर प्रशोधन केन्द्र बनाउन एशियाली विकास बैंक (एडीबी)सँग २८ करोड रुपैयाँको सम्झौता गरेको थियो । बुट�

“घरै अगाडी चक्रपथ बनेपछी दङग छन टामलाल ” ।

बुटवल।  टामलाल घिमिरे सैनामैना ७ का पुराना बासिन्दा हुन । ४० सालमा अर्घाखाचीको ढाडा पटौटीबाट हालको सैनामैना नगरपालीकाको देवापारमा बसाइ सरेका पाका उमेरका घिमिरे खेतको आली र जड्गलको बाटो