भारतीय तिर्थालु तान्ने योजना
पश्चिम नेपालका ठूला शक्तिपीठ मध्येको एक सैनामैनास्थित पर्रोहा बोलबमधामको पुनर्निमाण सम्पन्न भएपछि वार्षिक १२ लाख पर्यटक भित्रिने अपेक्षा छ । मूल मन्दिरसहितका संरचना निर्माण गर्न १४ करोड बढी लागत लाग्नेछ ।
लुम्बिनी संवाददाता
बुटवल
पश्चिम नेपालका ठूला शक्तिपिठमध्येको एक मानिएको रुपन्देही सैनामैना नगरपालिकास्थित पर्रोहा बोलबम धाम नयाँ गुरुयोजनाअनुसार पूनर्निर्माण सुरु भएको छ ।
लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्यसहित सैनामैना नगरपालिकाले बनाएको गुरुयोजनाअनुसार मूल मन्दिरसहितका संरचनाहरु निर्माण गर्न १४ करोड बढी लागत लाग्ने अनुमान गरिएको छ ।
पहिलो चरणमा प्यागोडा शैलीमा तामाको छानोसहित दुईतल्ले मूल मन्दिर र सत्तल बनाउन ६ करोड ५७ लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ । भक्तपूरको एक कन्स्ट्रक्सन कम्पनीसंग भएको सम्झौताअनुसार दुई वर्षभित्र यी संरचना तयार भइसक्नुपर्ने छ ।
गुरुयोजनाअनुसार मन्दिर पूनर्निर्माणको काम सुरु भइसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामवली चौधरीले बताए । उनकाअनुसार अहिले मूल मन्दिरको फाउण्डेशन निर्माणको काम भइरहेको छ ।
‘शुक्रबारदेखि फाउण्डेशन बनाउने काम सुरु भएको छ । निर्माण थालनी भएका संरचनाको निर्माण कार्य दुई वर्षमा सकिन्छ ।’– चौधरीले बताए ।
यस्तो बन्दै छ बोलबम
धामको निर्माण कार्य सम्पन्न हुँदा मन्दिरमा चारवटा ढोका हुनेछन् भने संरचनामा ५१ फिट लम्बाइको छानो हुने छ । जुन काठमाडौंको पशुपतिनाथ मन्दिरको भन्दा ठूलो हो ।
नगरपालिकाका इञ्जिनियर सुरज न्यौपानेका अनुसार, मूल मन्दिरको चारै कुनामा दुईतल्ले प्यागोडा शैलीका पाञ्चायन मन्दिर बनाइने छ । मन्दिरको तल्लो तलामा २८ वटा र माथिल्लो तलामा २० वटा कलात्मक काठका टुँडाल रहनेछन् । करिब ५ सय किलोको मूल घण्ट, ५१ फिट अग्लो धातुको खम्बा बनाई त्रिशूल र डमरु रहने मन्दिरमा साढे ५ फिटको मूल गजुर रहने छ ।
मन्दिर बनाउन नगरपालिकाको ३० प्रतिशत लागत सहभागितामा संघीय सरकारको सशर्त अनुदानको रकम खर्च हुनेछ ।
गुरुयोजना अनुसार मूल मन्दिरको पूर्वमा आकर्षक मूल प्रवेशद्वार र पश्चिममा पूजापाठ गर्ने कलात्मक गृह बनाइने र विभिन्न देवीदेवताका मूर्तिहरुलाई मूल मन्दिरबाट उत्तरमा आकर्षक मन्दिर बनाइने छ । मन्दिरको अग्रभागमा गणेश र कुमारले जलार्पण गरेको मूर्ति र हनुमानको मूर्ति धामको आकर्षण हुने छ ।
धाममा प्यागोडा शैलीमै कलात्मक अग्निशाला, दक्षिणको सहायक प्रवेशद्वारलाई प्राचीन कलात्मक शैलीमा बनाउने गुरुयोजनामा रहेको छ । अहिले रहेको साधुसन्त आश्रमलाई सबलीकरण गरी पुरातात्विक रुपमा मर्मत सुधार गर्ने, महिला तथा पुरुषका लागि पर्याप्त शौचालय बनाइने छ ।
मन्दिर र मन्दिरसम्म पुग्ने सडकलाई हरियाली र आकर्षक बिजुली बत्तीको व्यवस्थापन गरी सौन्दर्यीकरण गर्ने, ढल तथा वर्षे पानी निकासको व्यवस्था गर्ने र मन्दिरको आम्दानी वृद्धिका लागि ११ वटा कलात्मक पसल घर बनाइने गुरुयोजनामा समेटिएको छ ।
ठूलोे महिमा भएको धाम
पर्रोहा परमेश्वर बोलबम धामलाई स्वयंउत्पत्तिमान शिव ज्योतिर्लिङ्गका रुपमा मानिंदै आएको छ । नेपालमै पहिलोपटक श्रावणी मेला तथा जलार्पण सुरु भएको धामका रुपमा प्रख्यात रहेको धामका संरक्षक किशोर गौतमले बताए । यहाँ स्वयंउत्पत्ति ज्योतिर्लिङ्गको भगवान श्रीकृष्णले पनि पुजन गरेको श्रीमद भागवतको दशम् स्कन्दको ३४ औं अध्यायको प्रथम श्लोकमा उल्लेख भएको गौतमले बताए । गौतम बुद्धले पनि पर्रोहा परमेश्वरको दर्शन गरेको इतिहासविद्को तर्क छ ।
हिन्दू धर्मालम्बीहरुको आस्थाको स्थलको रुपमा परिचित पर्रोहा धामलाई पश्चिम नेपालको पशुपतिनाथका रुपमा विकास गरी धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित गुरुयोजना बनाएर काम थालिएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए । मूल मन्दिर निर्माणको पहिलो चरणको काम २०७९ मंसिर मसान्तमा पूरा हुने र दोस्रो चरणमा ८ करोड बढीको पूर्वाधारहरु बनाइने कार्कीले बताए ।
पर्यटक ओइरिने आसा
यसो त भारतको उत्तरप्रदेशका हिन्दुधर्मावलम्बीहरु लामो यात्रा गरेर अहिले पनि बोलबम धाम आउँछन् । मन्दिर व्यवथापन समितिका अध्यक्ष चौधरीका अनुसार श्रावणी मेला भर्न ठूला ठूला गाडी रिजर्भ गरेर भारतीयहरु आउँछन् । उनीहरुसहित आन्तरिक पर्यटकको चाप बढाउन मन्दिरको पूनर्निर्माण अपरीहार्य बनेको उनको भनाई छ । यद्यपी मन्दिरको सौन्दर्यकरण तथा संरचना अभावमा आएका भक्तजनहरुको व्यवस्थापनमा समस्या पर्ने गरेको थियो ।
धामको पुनर्निर्माणपछि भने त्यस्ता समस्या हटेर जाने र आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमन बढेर जाने विश्वास सरोकारवालाहरुको रहेको छ ।
नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले वार्षिक १२ लाख पर्यटकको आवागमन हुने दाबी गरे । ‘मुक्तिनाथ र पशुपतिपछाडि सबैभन्दा ठूलो धामको रुपमा बोलबम रहेको छ । भारतका ठूला शहरका धर्मावलम्बीहरुको गन्तव्य बन्नसक्ने सम्भावना पनि उत्तिकै छ । हामीले वार्षिक १२ लाख पर्यटकको आवागन हुने अनुमान गरिरहेका छौं ।’– उनले भने ।
उनका अनुसार सैनामैना नगरपालिकाका ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षहरुलाई आम्दानीसंग जोड्ने हेतुले धाम पुनर्निर्माणको योजना बनाइएको हो ।
थप सम्बन्धीत समाचार
वर्तमान गतिविधिहरू
चित्रबहादुर कार्की अहिले सैनामैना नगरपालिकाकाे नि- वर्तमान प्रमुख हुनुहुन्छ । हाल नेकपा एमाले रूपन्देहीका उपसचिव रहेका कार्की पार्टीको स्थानीय तह विभागका प्रमुख समेत हुनुहुन्छ । २०४६ स�